आइपिओ निष्कासन गर्दै २ कम्पनी

आइपिओ निष्कासन गर्दै २ कम्पनी


काठमाडौं ।

हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएका छन् ।

जसमा हिलटन हाइड्रोको सभा भदौ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, स्नो रिभर्स लिमिटेडको दोस्रो साधारण सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा यस कम्पनीले पनि सर्वसाधारणलाई आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।