भिजन लुम्बिनी ऊर्जाले पायो आइपिओ निष्कासन गर्ने अनुमति

भिजन लुम्बिनी ऊर्जाले पायो आइपिओ निष्कासन गर्ने अनुमति


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आइपिओ बिक्री गर्न अनुमति दिएको छ ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

यो आइपिओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।