तोकियो प्याजको होलसेल मूल्य, केजीमा १६ रुपैयाँ बढ्यो

तोकियो प्याजको होलसेल मूल्य, केजीमा १६ रुपैयाँ बढ्यो


काठमाडौं ।

४ दिनपछि कालीमाटी तरकारी बजारमा प्याज भित्रिएको छ ।

गत शनिबारदेखि भारतले प्याजमा ४० प्रतिशत कर लाग्ने नियम लागु गरेपछि बजारमा प्याज अभाव भएको थियो ।

बुधबार रातिदेखि प्याज आयात भएपछि थोकमा प्रतिकिलो १६ रुपैयाँ ६० पैसा बढाएर समितिले थोक मूल्य तोकेको हो ।

समितिले बिहीबारका लागि प्याजको होलसेल मूल्य ७७ रुपैयाँ ६० पैसा तोकेको छ । गत आइतबार थोकमा ६१ रुपैयाँ किलोमा प्याजको खरिद बिक्री भएको थियो ।

भारतको उक्त निर्णयपछि प्यााज आयात नगरेका व्यवसायीले बुधबार रातिदेखि भने प्याज ल्याउन थालेका छन् ।

कालिमाटी बजारमा बुधबार राति १४५ मेट्रिकटन प्याज भित्रिएको थियो । यस्तै, बिहीबार बिहान ११ बजेसम्म थप १२० मेट्रिकटन प्याज भित्रिएको बजार बिकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले जानकारी दिए ।