काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अश्लील गाली, धम्की र ब्ल्याकमेलिङ अडियो प्रकरणमा पार्टी केन्द्रीय अनुशासन आयोगले औपिचारिक छानबिन प्रक्रिया अगाडि बढाएको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले राज्यको निकायले गर्ने फौजदारी छानबिन र पार्टीको आन्तरिक अनुशासनको कारबाही फरक-फरक प्रक्रिया भएको स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया