मुस्ताङ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका ८ को होटेल लक्ष्मीबाट लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिए ।
प्रतिक्रिया