हिजो ५ सय रुपैयाँले बढेको सुन आज घटबड भएन, कति छ आजको भाउ ?

हिजो ५ सय रुपैयाँले बढेको सुन आज घटबड भएन, कति छ आजको भाउ ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

बिहीबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १० हजार ५५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । हिजो १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५०मा कारोबार हुने महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ५ सयले बढेको थियो ।