बिहीबारदेखि स्थिर सुनको भाउ आज पनि घटबढ भएन

बिहीबारदेखि स्थिर सुनको भाउ आज पनि घटबढ भएन


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनाको भाउ स्थिर रहेको छ ।

बिहीबार र शुक्रबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १० हजार ५५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार १४ सय ५०मा कारोबार भएको चाँदी आज तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।