प्रिमियम भाउमा आइपिओ ल्याउदैँ अल नेपाल इन्फ्रास्ट्रक्चर, डाक्यो साधारणसभा

प्रिमियम भाउमा आइपिओ ल्याउदैँ अल नेपाल इन्फ्रास्ट्रक्चर, डाक्यो साधारणसभा


काठमाडौं ।

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले प्रिमियममा आइपिओ ल्याउने भएको छ।

कम्पनीले प्रिमियममा आइपिओ ल्याउने अजेन्डा पारित गर्न आफ्नो वार्षिक साधारणसभा डोकेको छ। सो सभा यही भदौ ३१ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ।

सभाले विशेष प्रस्तावका रुपमा पेस हुने प्रिमियममा आइपिओ जारी गर्ने अजेन्डा पारित गर्नेछ। कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि नगद लाभांश (करसहित) पारित गर्नेछ।