सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश घोषणा, कति छ दर ?

सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश घोषणा, कति छ दर ?


काठमाडौं।

सिटिजन्स म्युचुअल फन्ड–२ ले प्रतिफल घोषणा गरेको छ ।

कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यता, लाभांश वितरण प्रयोजनका लागि सिटिजन्स म्युचुअल फन्ड – २ ले भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ ।

यसर्थ, भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् ।