दोहोरो अंकले ओरालो लाग्यो नेप्से, १ अर्ब २६ करोडको कारोबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, १ अर्ब २६ करोडको कारोबार


काठमाडौं ।

साताको पहिलो दिन नेप्से ओरालो लागेको छ ।

आज २० दशमलव ५४ अंकले घटेको शेयर बजार १९९३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव ४४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

एशियन लाइफको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे्र बैंक, शिवम सिमेन्टस, हिमालयन लाइफ, नबिल बैंक, युनाईटेड अजोड र हिमालयन डिष्टलरीको शेयर सर्वाधिक कारोबार भएको छ।

नेप्से घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमुल्यपनि घटेको छ ।

आज, मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले घटेको छ । दोस्रोमा लिबर्टी एनर्जीको शेयरमूल्य ६.३० प्रतिशतले घटेको छ ।

त्यस्तै, उप्पर स्याङ्गे हाइड्रोपावर, महुली लघुवित्त, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मेन्छीयाम हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्स, ग्रीन विकास बैंक र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।