४ पूर्वमन्त्रीसहित २९० जनालाई १८ अर्ब बिगो र ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी

४ पूर्वमन्त्रीसहित २९० जनालाई १८ अर्ब बिगो र ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी


काठमाडौं ।

ललिता निवास प्रकरणमा ४ पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरिएको अधिवक्ता कृति शर्माले जानकारी दिए ।

उनले भने ‘अनुसन्धानले लामो समय लगाएर ठोस निर्णय लिएको छ । ललिता निवास जग्गा प्रकरणमा जो जो आवद्ध छ । जस जसले निर्णय गरेका थिए । ति निर्णयकर्ता जसले सरकारी जग्गालाई निजि जग्गा भनेर देखायो । यो जग्गा प्रकरणको विवादको विषयलाई लिएर आज अभियोजन पक्षले अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ ।’

पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

उनीहरूमाथि कीर्तेको अभियोग भने छैन, तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।