भारतले उसिना चामल निर्यातमा लगायो २० प्रतिशत कर

भारतले उसिना चामल निर्यातमा लगायो २० प्रतिशत कर


काठमाडौं ।

भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।

भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

भारतको वित्त मन्त्रालयले शुक्रबार नै सूचना सार्वजनिक गर्दै अक्टोबर १६ सम्म यस्तो कर लगाइएको जनाएको हो ।

शुक्रबारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ । यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने मुलुकमा मूल्य बढ्ने अनुमान छ ।

आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतले चामल निर्यातमा कडाइ गरेको छ ।

भारतले यसअघि गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको छ ।