८५ करोडमा बन्यो प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास

८५ करोडमा बन्यो प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह हस्तान्तरण गरेका छन् ।

भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।

प्रत्येक प्रदेशका लागि एउटा भवन छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टा–छुट्टै ब्लक बनाइएको छ ।

यससँगै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौँ आउँदा करिब ८५ करोड रुपैयाँ लागतमा तयार भएको यिनै भवनमा बस्न पाउनेछन् ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखले आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् ।