अब भैरहवा एअरपाेर्टबाट हङकङ फ्लाइट, काठमाडाैँ ट्रान्जिट

अब भैरहवा एअरपाेर्टबाट हङकङ फ्लाइट, काठमाडाैँ ट्रान्जिट


काठमाडाैँ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने गरी किटक बुकिङ खुला गर्ने भएको छ ।

विमानस्थालका प्रवक्ता रमेश पौडेलका अनुसार नेपाल वायुसेवा निगमले भदै १२ गतेदेखि बुकिङ खुला गर्ने भएको हो ।

भैरहवाबाट हरेक मंगलबार एक उडानबाट सुरु गरी बजारको माग अनुसार उडान संख्या बढाउने पौडेलले जानकारी दिएका छन् । बिहान ८ः१५ मा भैरहवाबाट उडेर ९ बजे काठमाडौँमा अवतरण हुने निगमले जनाएकाे छ। त्यसपश्चात हङकङ जाने यात्रु र दिल्ली जाने यात्रु अलग-अलग कनेक्टिङ जहाजमा जाने प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सीधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुले भैरहवाबाट यात्रा गर्ने निगमको वेबसाइट र ट्राभल एजेन्सीबाट समेत टिकट लिन सकिने पौडेलको भनाइ छ । उक्त यात्राबाट यात्रुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

No description available.