‘ठुला दलले रवि लामिछानेलाई साैताकाे छाेराजस्ताे गरे’

‘ठुला दलले रवि लामिछानेलाई साैताकाे छाेराजस्ताे गरे’


काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोसी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारे छलफल हुने बताए । अहिले भने सत्ता गठबन्धनसँग कुनै पनि सौदाबाजी नभएको उनकाे दाबी छ ।

‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोसी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्ने कुरा सरासर गलत हो,’ उनले भने, ‘यो कुरा हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ, उहाँ नआईकन कुनै पार्टीसँग कम्प्रमाइज गरेका छैनौँ ।’

आफ्नाे पार्टीभन्दा कम सिट हुने पार्टीले पनि समित सभापति पाएकाे भन्दै उनले उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतिमा नसमेटेकोप्रति असन्तुष्टि जनाए । भने, ‘यी ठुला पार्टीले रविजीको पार्टीलाई पनि दिनुपर्थ्यो । सौताको छोरो जस्तो छुट्याउनु हुँदैनथ्यो ।’