२९ भदौदेखि खुल्दै हाथवे इन्भेष्टमेन्टको आइपिओ, प्रतिकित्ता दर कति ?

२९ भदौदेखि खुल्दै हाथवे इन्भेष्टमेन्टको आइपिओ, प्रतिकित्ता दर कति ?


काठमाडौं ।

हाथवे इन्भेष्टमेन्ट नेपाले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ ।

बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिंग एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपिओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिंग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।