निर्वाचन आयोगले ‘नो भोट’को चिन्ह राख्ने

निर्वाचन आयोगले ‘नो भोट’को चिन्ह राख्ने


काठमाडौं ।

निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानूनमा कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन् ।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरणको ऐन बारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढि मत आयो भने निर्वाचन रद्ध हुने व्यवस्था रहेको पनि बताए ।

यसको साथै उनले, उक्त निर्वाचनका उम्मेदवारले अर्को पटक उम्मेद्वारी दिन नपाउँने नयाँ खालको व्यवस्था पनि आएको जानकारी गराएका छन् ।

उनले भने, नेपाल कानून समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचन सम्बन्धी कानूनमा कोही व्यक्तिलाई कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था गरेका छौ ।त्यो म कसैलाई भोट हाल्दिन भन्ने मतमा कूल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्ध हुन्छ र त्यति बेला उम्मेद्वार भएको मानिसहरुले पुनः उम्मेदवारी दिन सक्दैन् किनभने उनीहरुलाई जनताले अस्विकार गरिसकेको हुन्छ । यो व्यवस्था पनि राखेका छौ । ’

प्रमुख आयुक्त थपलियाले ऐनलाई लागू गरेर ०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउँन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पनि पहल गरेको बताए ।