प्राधिकरणले भुटानी वायुसेवा कम्पनीलाई पोखरा चार्टर उडान अनुमति देला ?

प्राधिकरणले भुटानी वायुसेवा कम्पनीलाई पोखरा चार्टर उडान अनुमति देला ?


काठमाडौं।

भुटानी वायुसेवा कम्पनी ड्रुक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पारो-पोखरा चार्टर उडान अनुमति मागेको छ। उसले आगामी सेप्टेम्बर ९ मा चार्टर्ड उडानको अनुमति मागेको हो।

लगत्तै कम्पनीले पारो(पोखरा नियमित उडान गर्ने योजना सुनाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘ड्रुक एयरबाट पोखरामा चार्टर्ड उडानको प्रस्ताव आउनु हाम्रो लागि गौरवको कुरा हो,’ भुलले भने, ‘नयाँ विमानस्थलमा एकैपटक नियमित उडान हुन गाह्रै हुन्छ। कम्पनीले चार्टर्डपछि नियमित उडान गर्ने आश्वासन दिएको छ।’

हाल यो वायुसेवा कम्पनीले पारो-काठमाडौं रुटमा सातामा ७ वटा दुईतर्फी नियमित उडान गर्दै आएको छ।

यसअघि पोखरा विमानस्थलमा चीनको सिचुआन एयरलाइन्सले चार्टर्ड उडान गरेको थियो। ८ महिनाअघि सञ्चालनमा आउको पोखरा विमानस्थलमा अहिलेसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। त्यसैले प्राधिकरण ड्रुक एयरले चार्टर्ड उडानको अनुमति मागेपछि आशावादी बनेको छ।