नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन


काठमाडौं ।

डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले बताए ।

पण्डित गएराति बडीगार्ड छाडेर एक्लै निस्किएका थिए ।