सहकारी संस्थाबाट ५० हजार नगद र ल्यापटप चोरी, ३ जना पक्राउ

सहकारी संस्थाबाट ५० हजार नगद र ल्यापटप चोरी, ३ जना पक्राउ


मोरङ ।

धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् ।

उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।