शिव शिखर सहकारीका सञ्चालकहरूविरुद्ध ठगी मुद्दा, ७८ करोड बिगो माग

शिव शिखर सहकारीका सञ्चालकहरूविरुद्ध ठगी मुद्दा, ७८ करोड बिगो माग


काठमाडौं ।

शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरूविरुद्ध ठगी मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धान रिपोर्टका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो ।

सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड बिगो असुल गर्न तथा ८ वर्ष कैद सजाय गर्न मुद्दामा माग गरिएको छ ।

सहकारीमा आवद्ध १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको ठहर सिआइबीले गरेको थियो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याललगायतलाई प्रतिवादी बनाइएको छ ।