माओवादी नेता कृष्णबहादुर महरा उनका छोराहरूमाथि अनुसन्धान गर्न निर्देशन

माओवादी नेता कृष्णबहादुर महरा उनका छोराहरूमाथि अनुसन्धान गर्न निर्देशन


काठमाडौँ ।
जिल्ला सरकारी वकिल कार्यालयले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी प्रकरणमा मुछिएका उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्षमा सरकारी वकिल कार्यालय पुगेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय सिगरेट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराले निरन्तर सम्पर्क गरेको समाचार बाहिरिएको थियो ।

तर उनीहरूको बयान समेत नगराएको भन्दै सरकारी वकिलले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।