नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने करोडमा सीमित

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने करोडमा सीमित


काठमाडौं ।

कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ ।

सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६ लाख ७० हजार कित्ता शेयर किनबेच हुदा ९८ करोड ८६ लाखको कारोबार भएको छ ।

नेप्सेमा सुधार आएसँगै आज ९ उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ४ उपसूचकमा रातो पोतिएको छ ।

आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने अन्य उपसूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ ।