५ दिनपछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

५ दिनपछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । ४ दिनसम्म स्थिर रहेको सुनको भाउ उकालो लागेको हो ।

सोमबार १ लाख ११ हजार १सय रुपैयाँ कायम भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार १ सय ५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।