बुद्धभूमि नेपाल हाइड्रोपावरको मुनाफा ह्वातै बढ्यो, कसरी ?

बुद्धभूमि नेपाल हाइड्रोपावरको मुनाफा ह्वातै बढ्यो, कसरी ?


काठमाडौं ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ह्वातै बढेको छ ।

यसअवधिमा यस कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

गत वर्ष १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

अन्य स्रोतबाट यस कम्पनीले ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । यता, जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।