ट्रक पल्टिँदा १९ वटा भैँसी र पाडा मरे

ट्रक पल्टिँदा १९ वटा भैँसी र पाडा मरे


नवलपुर ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं.को ट्रक बिहान सवा ६ बजे खाल्डोमा परि पल्टिएर कावासोती १६ चालिस किलो भन्ने स्थानमा दुर्घटना भएको थियो ।

भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १९ वटा मरेका हुन् ।

११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।