सिद्धार्थका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिद्धार्थका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं ।

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न बुधबार बुक क्लोज गर्दैछन् ।

यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५५ नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ ।

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।

यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ ।

इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।