फोहर संकलन गर्न नगरपालिकाले ल्यायो ‘गारवेज ट्रक’

फोहर संकलन गर्न नगरपालिकाले ल्यायो ‘गारवेज ट्रक’


गोलबजार ।

लहान नगरपालिकाले फोहर संकलन गर्न आधुनिक किसिमको ८ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर संकलन गर्न थालिएको जानकारी दिए।

फोहर संकलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा संकलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर संकलन गरिने उनले बताए ।

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर संकलनका लागि ट्रक जान सक्ने बताए ।