नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ यसै साता बाँडफाँड गरिने

नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ यसै साता बाँडफाँड गरिने


काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ।

सनर नेपाल लाइफको आइपिओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आइपिओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको छ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ आवेदकबाट कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको आइपिओ २.३२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपिओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।