ममता हत्या प्रकरण : शव काटेको स्वीकार, हत्या गरेको आरोप अस्वीकार

ममता हत्या प्रकरण : शव काटेको स्वीकार, हत्या गरेको आरोप अस्वीकार


काठमाडौं । अमेरिकामा बेपत्ता ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै आफूले हत्या नगरेको तर शव टुक्र्याएको स्वीकार गरेका छन्।
बिहीबारको सुनुवाइमा नरेशले ३० जुलाई २०२४ मा ममतालाई ओछ्याननजिकै मृत फेला पारेको र त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा लगेर आराले काटेको दाबी गरेका हुन्।
उनले शव पूर्णरूपमा टुक्र्याउन नसकेको बताए पनि अभियोजन पक्षले भने उनले हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरको झोलामा फ्याँकेको आरोप लगाएको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन तर प्रहरीले शयनकक्ष र बाथरुममा रगतका दाग तथा कपाल अड्किएको आरा बरामद गरेपछि नरेशलाई पक्राउ गरेको थियो।