४ वर्षीय बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव

४ वर्षीय बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव


गुल्मी ।

गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

गुल्मी जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ भजुखर्क निवासी राजेश मरासिनीकी छोरी ४ वर्षीय प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएको थियो ।

मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् ।

सोमबार १० बजे अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ भजुखर्क निवासी राजेश मरासिनीको छोरी वर्ष ४ कि प्रशंसा मरासिनी पेट दुख्ने, वान्ता हुने बिरामी भई जिल्ला अस्पताल तम्घास ल्याई ओपिडीमा राखेर उपचार गरिएको थियोे ।

सोही दिन साँझ ५ बजे भर्ना भई उपचार गरिएकोमा मंगलबार बिहान साढे ६ बजे ईन्जेक्सन लगाएपछि बिरामी गम्भीर भई डाक्टरले चेकजाँच गर्ने क्रममा ८ बजे उपचारको क्रममा मृत घोषणा गरेका थिए ।

मृतकका बाबु, आफन्तहरुले डाक्टरको लाहापारबाहिले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् ।

घटनाका विषयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख सहित परिवारजन लगायत पत्रकारहरूको सहभागितामा अहिले छलफल भइरहेको छ । लापरबाही गर्नेलाई कडा कारबाहीको परिवारजनले माग गरेका छन् ।