साउदीमा एक महिनामा २१५ जना नेपालीले लगाए स्वदेश फर्कने ‘एक्जिट भिसा’

साउदीमा एक महिनामा २१५ जना नेपालीले लगाए स्वदेश फर्कने ‘एक्जिट भिसा’


काठमाडौं ।

साउदीमा रोजगारीका लागि गएका नेपालीहरू समस्यामा पर्ने क्रम बढ्दो रहेको छ ।

अगष्ट महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले एक्जिट भिसा लगाएका छन् ।

दूतावासका अनुसार अगष्ट ३ मा ७९ जनाले, अगष्ट १० मा ४१ जनाले, अष्गट २२ मा ५८ जनाले र अगष्ट २९ मा ३७ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति पाएको दूतावासले जनाएको छ ।

साउदीमा समस्यामा परेका इकामा (साउदीको आवासीय अनुमति पत्र)को म्याद सकिएको ३ महिनाभन्दा बढी भइसहेको भएमा वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले इकामा नबनाइदिएमा र हुरुब लागेका श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रियामा सहजीकरण गरिरहेको छ ।

यस्तो भिसा पाएपछि जतिसक्दो छिटो साउदी छाड्न पर्छ ।

एक्जिट भिसाको म्यासेज मोबाइलमा आएको छ भने स्वदेश फर्कने बेला साउदीको विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुन्छ । यदि आएको छैन भने एक्जिट भिसाको कागज दूतावासमार्फत लिन सकिन्छ ।