गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु

गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु


पाल्पा ।

पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ।

सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् ।

रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, सोही सडक खण्डमा माथीवाट झरेको ढुंगा जीपमा लागेको थियो ।

घाइते ५ जनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाँकी छ ।