काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको भावी राजनीतिक सहकार्य वा एकताबारे कडा र स्पष्ट धारणा राख्नुभएको छ।
पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक प्रचण्डले वामपन्थी तथा देशभक्त शक्तिहरूबीचको एकता आजको आवश्यकता भएको बताउनुभयो। एमालेसँग पुनः एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँले नीति, विचार र राजनीतिक मुद्दा मिल्ने कुनै पनि शक्तिसँग मिल्न वा सहकार्य गर्न आफ्नो पार्टी कहिल्यै पछाडि नहट्ने र कसैसँग नडराउने चेतावनी दिनुभयो।
उहाँले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र सशक्त बनाउन विचार मिल्ने दलहरूसँग संवादको ढोका सधैँ खुला रहने उल्लेख गर्नुभयो। विरोधीहरूले फैलाएको भ्रम र घेराबन्दीलाई तोड्दै देश र जनताको हितमा आवश्यक परे जुनसुकै राजनीतिक निर्णय लिन आफूहरू तयार रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया