श्रीनगर एग्रिटेक इण्डष्ट्रिज आइपिओ जारी गर्ने

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज आइपिओ जारी गर्ने


काठमाडौं ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० को १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको आइपिओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको बताइएको छ ।

शेयर निष्कासन सम्बन्धी सम्झौतामा एग्रीटेकका प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र निष्कासन तथा विक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

एग्रीटेकले ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला र दाना उत्पादन गर्दै आएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना बनाएको बताएको छ ।