रेकर्ड उन्मुख सुनको भाउ, आज एकैदिन ८ सयले बढ्यो

रेकर्ड उन्मुख सुनको भाउ, आज एकैदिन ८ सयले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ उकालो लाग्न थालेको छ।

बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन१ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

हिजो र आज गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।