सस्तो दाममा शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा

सस्तो दाममा शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा


काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ।

४९० ग्राम तौल र ६।५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी रहेको कम्पनीको भनाइ छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ।

इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युशन भएको कम्पनीले जनाएको छ ।

साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ।

भदौ १५ गते बाट बजारमा उपलब्ध हुने यो फोन ११ भदौ देखि १४ भदौसम्म दराजमा प्रि–बुकिङको लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्ध हुनेछ ।

नेपालमा शाओमी प्याड ६ को ६ं१२८ जीबी भेरियन्टको मूल्य ३९,९९९ रहेको छ, र ८ं२५६ जीबी भेरियन्टको मूल्य ४३,९९९ रहेको छ ।

साथै, शाओमी प्याड ६ किबोर्डको मूल्य ८,४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य ९,९९९ रहेको छ ।