‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’मा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’मा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट


काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि. ” र “छाँया अस्पताल प्रा. लि” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त व्यवसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँचीको एकोमेडेशन र फूडमा विशेष १० प्रतिशत सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उक्त विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिंग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिंग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिंग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।