अब एप्सबाटै टुरिष्ट बसको टिकट काट्न सकिने

अब एप्सबाटै टुरिष्ट बसको टिकट काट्न सकिने


काठमाडौं ।

पर्यटन बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपालले ‘टुरिष्ट बस नेपाल’ एप्स शुभारम्भ गरेको छ ।

बुधबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी टुरिष्ट बस एशोसियशनले औपचारिक रुपमा ‘टुरिष्ट बस नेपाल’ एप्स शुभारम्भ भएको जानकारी दिएको हो ।

पछिल्लो समय विभिन्न अनलाईन माध्यामबाट टुरिष्ट बसको नाममा टिकट बुकिङ गरी अन्य सार्वजनिक बसमा यात्रु पठाउने गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उक्त एप्स सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

एप्स सञ्चालनमा आएसँगै विश्वका जुनसुकै कुनाबाट अब अनलाईन सिस्टममार्फत पर्यटक बसको टिकट काट्न सकिनेछ ।

यस एप्सलाई विश्वको जुनसुकै कुनामा रहेको पर्यटक तथा यात्रुले आफूले इच्छाइएको सिट नं र आवतजावत गर्ने दिनको टिकट काटेर यात्रा गर्न सक्ने छन् ।