२ अंकले घट्याे नेप्से, १ अर्बको कारोबार

२ अंकले घट्याे नेप्से, १ अर्बको कारोबार


काठमाडौं ।

कारोबारको चौथो दिन आज शेयर बजारमा २ अंकले ओरालो लागेको छ ।

आज वुधबार २ दशमलव ८२ अंकले ओरालो लागेको शेयर बजार परिसूचक १९९०.५९ विन्दुमा पुगेको छ ।

आज २७६ कम्पनीका ३८ लाख ३ हजार २४४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव १३ अंकले बढेर ३८१ दशमलव ७१ विन्दुमा पुगेको छ ।