नाडा अटो शोमा एमएडब्लूले १५ लाखको कार सार्वजनिक गर्ने

नाडा अटो शोमा एमएडब्लूले १५ लाखको कार सार्वजनिक गर्ने


काठमाडौं ।

दशै तिहारलाई लक्षित गरेर एक्स्पो नाडा अटो शो २०२३ मा एमएडब्लू वृद्धिले सुरुवाती मूल्य १५ लाख हाराहारी पर्ने सेरेस ई–१ मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।

एक्स्पोमा अवलोकन गर्ने धेरै व्यक्तिहरु आउने भएकाले कम्पनीले एक्स्पोमा नयाँ कार लन्च गर्ने लागेको हो । उक्त सेरेस ई–१ कार चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशहरुमा लन्च भैसकेको छ ।

२ ढोका मिनी ईभी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा बिक्री हुँदै आएको कम्पनीले जानकारी दिएको छ । यसको सर्ट रेन्ज मोडलमा १३.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा १६.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।

सर्ट रेन्जले १८० र लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ । यसमा मोटर पनि फरक छ । सर्ट रेन्ज भर्सनमा २५ किलोवाट र लङ रेन्ज भर्सनमा ३० किलोवाट क्षमताको मोटर रहेको छ ।

दुबै भेरियन्टमा एसी चार्जर मात्रै प्रयोग हुन्छ । यसलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले अधिकतम ४ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, सिटबेल्ट, रिमाइन्डर, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, एयरव्याग समेत रहेको छ ।

यसमा प्रयोग भएका लाइटहरु एलइडी छन् । गाडिको लम्वाई ३०३० एमएम, चौडाई १४९५ एमएम, उचाई १६४० एमएम रहेको छ । सेरेस ई–१ मा ४ सिट क्षमता छ ।