९ सय साना उद्योग दर्ता, २५९ खारेज

९ सय साना उद्योग दर्ता, २५९ खारेज


कलैया ।

घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ८९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी २५९ वटा साना उद्योग खारेज गरेको छ ।

८९९घरेलु तथा साना उद्योग दर्ता र ८०६ वटा उद्योग नवीकरण गर्दा कूल १ करोड ३४ लाख ३५ हजार ७३० राजस्व संकलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए ।

गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) १६१ समेत गरी २५९ वटा साना उद्योग खारेज गरिएको थियो ।

चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक १३८ कृषि तथा वाणिज्य ४७१, सेवामूलक २८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा ८९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ४ हजार ४४४ जनाले रोजगार पाएको बताइएको छ ।

हालसम्म दर्ता रहेका ८६६ वटा र नवीकरण भएका १ हजार ५८ वटा उद्योगसहित कूल १ हजार ९ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव २०७८÷७९ मा महिला ८ सय १० र पुरुष ९ सय ५६ उद्यमी रहेको उद्योगमा महिला ३ हजार १ सय ६८ पुरुष सात हजार ९ सय ४६ समेत गरी ११ हजार १ सय १४ जनाले रोजगार पाएका थिए ।

उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।