६० किलो सुन तस्करी प्रकरण : दावा छिरिङको विश्वास पात्र भनिएका बस्नेत पक्राउ

६० किलो सुन तस्करी प्रकरण : दावा छिरिङको विश्वास पात्र भनिएका बस्नेत पक्राउ


काठमाडौं ।

साढे ६० किलो सुन तस्करी प्रकरणमा किशोर बस्नेतलाई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाइ पक्राउ गरेको हो ।

बस्नेत यसअघि पक्राउ परेका दावा छिरिङको विश्वास पात्र थिए ।

यो घटना बाहिरिन साथै बस्नेत भारत भागेका थिए। सीआईबीले भारतीय समकक्षीको समन्वयमा बस्नेतलाई नेपाल ल्याएको हो।

साउन ३ गते त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुरक्षा जाँचपछि बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले जफत गरेको थियो।

दावा यो प्रकरणमा पक्राउ परेका हालसम्मका सबैभन्दा उच्च तहका आरोपित हुन्।