सरकारले जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने

सरकारले जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने


काठमाडौं ।

सरकारले साँगु खोला जलविद्युत आयोजनाको विभिन्न संरचनाको विकास निर्माण र माथिल्लो सुरीखोला जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले अरुण ३ जलविद्युत परियोजना निर्माणका क्रममा हुने वेष्ट म्याटर डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण गर्नका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।