३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीविरुद्ध मुद्दा दर्ता

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीविरुद्ध मुद्दा दर्ता


काठमाडौं ।

व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध मुद्दा दायर गरेको हो।

केसीले बुटवलको हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उनको निवासबाट सुन र रकम बरामद भएको थियो।

उनीबाट व्यापारीको ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन बरामद भएको थियो। त्यस्तै सुन फिर्ताका लागि भन्दै उनले व्यवसायीबाट उल्टै रकम समेत लिएका थिए। उनीविरुद्ध ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार बराबरको चेक समेत बरामद भएको थियो।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिस उनलाई बर्खास्त गरिएको थियो भने थप कारबाहीका लागि भन्दै अख्तियारलाई पत्राचार गरिएको थियो। अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।