सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरामाथि संगठित अपराधमा छानबिन गर्ने

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरामाथि संगठित अपराधमा छानबिन गर्ने


काठमाडौं ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा पक्राउ परेका रोल्पाका राहुल महरामाथि प्रहरीले संगठित अपराधमा छानबिन गर्नेभएको छ ।

छानबिनको म्याद थपका लागि प्रहरीले महरालाई अदालत लगेको छ । संगठित अपराधको मुद्दामा प्रहरीले ६० दिन हिरासतमा राखेर छानबिन गर्न पाउँछ ।

चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोन गरेका थिए ।

उनको २ सय भन्दा बढी पटक सुन तस्करीमा संलग्न व्यापारीसँग फोन सम्पर्क भएको थियो ।