सेयर बजार सम्बन्धी संस्थाहरुकाे डाटा समेटिएको ‘एमडीपी’को सुरूवात

सेयर बजार सम्बन्धी संस्थाहरुकाे डाटा समेटिएको ‘एमडीपी’को सुरूवात


काठमाडौं ।

सूचना प्रविधि सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको ‘सोर्स कोड’ ले सेयर बजार सम्बन्धी संस्थाहरुलाई रियल टाइम डाटाको पहुँच प्रदान गर्न ‘मार्केट डाटा प्रोभाइडर (एमडीपी)’ को सुरुवात गरेको छ ।

संस्थाहरुले सोर्स कोडको डाटा बैंक एमडीपीबाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत डाटा प्राप्त गर्न सक्छन् ।

सन् २०११ देखि नै फिनटेक सेवा दिँदै गर्दै आएको सोर्स कोडले नेप्सेबाट डाटा प्रदान गर्ने लाइसेन्स प्राप्त गरेको छ । सोर्स कोडले नेप्सेको लाइभ डाटाका साथै आफ्नो डाटा बैंकबाट म्युचुअल फण्ड, कर्पोरेट एक्सन, ब्रोकर फ्लोरसिट, लगानी अवसर, वित्तीय रिपोर्ट, अर्थिक विवरण लगायतका डाटा प्रदान गर्ने उल्लेख गरेको छ ।

सोर्स कोडका अनुसार एमडीपीलाई जुनकुनै पनि एप र वेबसाइटमा आवद्ध गर्न सकिन्छ । हाल ५ कम्पनीहरुले यो सेवा प्रयोग गर्दै आइरहेका छन् । अब उद्यमीहरुले पनि सोर्स कोडको एमडीपीमार्फत डाटा लिई आफ्नो प्रोडक्टलाई सेयर बजारसँग आवद्ध गर्न सक्छन् ।