आजपनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ सयले बढेको हो ।

बुधबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ८ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन १ लाख १२ हजार २५० कायम भएको छ ।

३ दिनको अबधिमा सुनको भाउ १७ सय रुपैयाँले बढिसकेको छ।

यस्तैै आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय ८०मा कारोबार हुने महासंघले जनाएको छ ।