२ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ

२ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ


भक्तपुर ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले २ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित गएराति १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उदयपुरको बलैया नगरपालिका–५ घर भइ लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो ।

सडकमा शंकास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले माझीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

प्रहरीले माझीको साथबाट २ थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने १ राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीसँगै रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।