सुन तस्करीको सूचना संकलन गर्न सिआइबीका अधिकृत भारत जाने

सुन तस्करीको सूचना संकलन गर्न सिआइबीका अधिकृत भारत जाने


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका सुन तस्करीको सूचना संकलनका लागि सिआइबीका एक अधिकृत भारत जाने भएका छन् ।

अवैध सुन हङकङबाट काठमाडौँ भित्र्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि सुन जिम्मा लिने समूहबारे बुझ्न सिआइबीका अधिकृतलाई भारत पठाउन लागिएको हो ।

सुन तस्करी प्रकरणमा भारतीय नागरिकसमेत पक्राउ परेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक अधिकृतलाई भारत पठाउन लागेको बताइएको छ ।

सिआइबीले हिजो मात्रै तस्करीको सूचना संकलन गर्न १ अधिकृतलाई हङकङ पठाइसकेको छ।